विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश समितिले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट सम्भावित उमेदवारको नाम सिफारिस गरेको छ। विराटनगरमा बसेको बैठकले जिल्लागत सिफारिसका आधारमा केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो।
कोशी कांग्रेसले पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस गरेको छ। उनीहरु चारै जान यसअघि मन्त्री बनिसकेका नेता हुन्। यसैगरी डिला संग्रौला, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइराला पनि प्रदेश समितिको सिफारिसमा परेका छन्।
राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुनेछ।


