काठमाडौं– सिद्धार्थ बैंकले २१औं वार्षिक उत्सव मनाएको छ। २०५९ पुस ९ गते स्थापित बैंकले २१औं वसन्त पुरा गरेको हो। बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा आयोजित कार्यक्रममा २१ वर्षे यात्रालाई समेटेर तयार पा पारिएको ‘कफी टेबल बुक’ समेत सार्वजनिक गरेको छ।
यस्तै बैंकले आफ्ना पूर्व संचालक समितिका सदस्य तथा पूर्वप्रमुख कार्यकारी अधिकृतहरुलाई सम्मान समेत गरेको छ। बैंकमा १५ वर्षभन्दा धेरै समयदेखि कार्यरत रहेका कर्मचारीलाई अभिनन्दन पनि गरिएको छ।
यसै अवसरमा बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड समेत सार्वजनिक गरेको छ। सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड हो। ग्राहकहरुले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढि यूएओ मर्चेन्टमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यस कार्ड प्रयोगकतालाई आउँदा दिनमा थप सुविधा उपलब्ध गराउने योजना बैंकको रहेको छ।
डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्र्दै ‘फ्रि फोर’ र ‘लग वीन’ योजना पनि बैंकले सार्वजनिक गरेको छ। वार्षिक उत्सवका अवसरमा बैंकले काठमाडौ, नारायणघाट, नेपालगञ्ज, कैलाली, सुर्खेत र जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त रक्तदान कार्यक्रममा २९६ जना रक्तदातालेसहभागिता जनाएका थिए।


