काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल आज बाग्लुङ जाने भएका छन्।
गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवम् सातौँ बाग्लुङ महोत्सवमा सहभागी हुन पौडेल बाग्लुङ जाने भएका हुन्। पौडेलले महोत्सवको उद्घाटन गर्नेछन्।
यस्तै राष्ट्रपति पौडेलले बाग्लुङ कालिका मन्दिर पुगेर पूजा गर्ने र शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।


