२०८३ कार्तिक १६ गते आईतबार

‘फरार’ नेतासँग बालुवाटारमा प्रधानमन्त्रीको बैठक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ११
samajbadi_PM

काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सहितका चार दल सहभागी समाजवादी मोर्चाको बैठक बुधबार साँझ पुनः बस्ने गरी सकिएको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक साँझ ६ बजे फेरि बस्ने गरी सकिएको प्रचण्डनिकट स्रोतले जानकारी दिएको छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले धारणा राखेका थिए। विप्लव र प्रकाण्ड फरार सूचीमा रहेका अभियुक्तहरू हुन्। फरार अवस्थामा उनीहरू बालुवाटार पुगेका हुन्।

मंसिर १८ गते जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका नेत्रविक्रम चन्द (विप्लव)सहित चार जना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ। सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ। राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डमाथि काठमाडौँ जिल्ला अदालतबाट मंसिर १८ गते जारी पक्राउ पुर्जीका विषयमा पनि छलफल भएको थियो। आफूहरुविरुद्धको पक्राउपुर्जी भएको विषयमा समाजवादी मोर्चाले विज्ञप्ति जारी गरेकोमा विप्लव र प्रकाण्डले धन्यवाद बैठकमा नेताहरूलाई धन्यवाद दिएका थिए। मुद्दा खारेजीका लागि समाजवादी मोर्चाले पहल गर्नुपर्ने विप्लवको माग थियो। पक्राउ पुर्जीबारे आफूहरू गम्भीर रहेको प्रचण्ड र माधव नेपालको भनाइ थियो।

९ असोज २०७६ मा दायर भएको मुद्दामा उनीहरुमाथि संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरुबीचको सुसम्बन्धमा खलल पारेर राज्यविरुद्धको कसुर गरेको अभियोग छ। यसमा माइला लामासहित दिपेश राई, खड्गबहादुर विश्वकर्मा, हेमन्त प्रकाश ओली, उदयबहादुर चलाउने, चन्द्रबहादुर खड्का, राजु कार्की, नेत्रविक्रम चन्द, नविन विष्ट र केदार खतिवडालाई विपक्षी बनाइएको थियो।

त्यही दिन हरिबहादुर खड्का, नेत्रबिक्रम चन्द, माइला लामा (भीमढुंगा), माइला लामा (कामपा–९), सुरेन्द्र महर्जनविरुद्धको राजद्रोहको अर्को मुद्दा पनि दर्ता भएको थियो। उनीहरुमाथि संगठित आपराधिक समूहमा आवद्ध भई विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको आरोप छ।

उनीहरु फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि इजलासले नै उनीहरुलाई उपस्थित गराउनु भनी ३५ दिने वारेन्ट जारी गर्न आदेश दिएको थियो। १० मंसिरमा इजलासबाट भएको आदेश अनुसार जिल्ला अदालत प्रशासनले गोरखापत्रमा सूचना निकालेको हो।

बुधबारको बैठक मुख्यतया समाजवादी मोर्चाले अहिलेसम्म गरेका काम कारबाहीको समीक्षा, मोर्चाको आगामी कार्यक्रम, नेतृत्व परिवर्तनका साथै देशको समसामयिक राजनीति र प्रदेशका अधिकार व्यवस्थित गर्ने विषयमा छलफल भएको नेकपामा प्रवक्ता प्रकाण्डको भनाइ छ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बिहानको बैठकमा एजेन्डाको प्रवेश मात्र भएको बताए। ‘बैठकमा समाजवादी मोर्चा गठन भए पछि के के भए भन्ने रिपोर्टिङ भयो। सातै प्रदेशमा प्रदेशस्तरीय सभा सम्पन्न भए,’ उनले भने, ‘४७ जिल्लामा समाजवादी मोर्चाको कमिटी गठन भएको छ। अब के गर्ने भन्नेबारे भर्खर छलफल प्रवेश गरेको छ।’

समाजवादी मोर्चाको संयोजक परिवर्तनबारे पनि छलफल सुरु भएको छ। गत असार ४ मा राष्ट्रिय सभागृहमा कार्यक्रमको गरी माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपा मिलेर समाजवादी मोर्चाको घोषणा भएको थियो।

असार २३ मा बसेको समाजवादी मोर्चाको प्रथम बैठकले मोर्चाको अध्यक्षता ६–६ महिना गर्ने समझदारी भएको थियो। पहिलो ६ महिना एकीकृत समाजवादीका अध्यक्षता माधव नेपालले गरेका थिए। उनको ६ महिने अवधि मङ्सिरमा सकिएको छ।

प्रकाशित: २०८० पुस ११ गते बुधबार १२:४८
प्रतिक्रिया

थप समाचार

‘भारतीय र चिनीयाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना