२०८३ कार्तिक १४ गते शुक्रबार

अजल काजीले बनाए राष्ट्रिय कीर्तिमान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ११
swim

काठमाडौँ- स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले २६औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन्।

अजलले ५० मिटर बटरफ्लाईको हिट चरणमा सैयद हम्जा शाहले छोटो दूरी (२५ मिटर पुल)मा नेपालमा आयोजना भएको १३ औं सागमा कायम गरेको २६.५६ सेकेन्डको समयलाई विस्थापित गर्दै २५.७७ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरेका हुन्।

प्रतियोगिता २५ मिटर वातानुकुलित पौडी पोखरीमा संचालन भएको हो।

नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाईनलमा भने अजलले २५.९२ सेकेन्ड समयका साथ स्वर्ण जिते। स्वस्तीश्री गुरुकुलका तेन्जिन नामडोल रायन गुरुङ्गले रजत र इरभिन श्रेष्ठले कास्य हात पारे।

सातदोबाटोस्थित वातानुकुलित पौडी पोखरीमा भएको प्रतियोगिताको महिला २०० मिटर मा स्वस्तीश्रीकी अनुसिया तन्डुकारले २ मिनट २२.९० सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्या महर्जनले रजत र निसर्ग वाटिकाकी राभ्या श्रेष्ठले कास्य पाइन्।

पुरुषको १०० मिटर बटरफ्लाईमा स्वस्तीश्रीका तेन्जिन नामडोल रायन गुरुङ्गले १ मिनट ००.५३ सेकेन्ड समयका साथ स्वर्ण हात पारे। अशिम भण्डारीले रजत र निसर्गका अभिभ प्रधानले कास्य पाए।

महिला ५० मिटर बे्रष्ट स्ट्रोकमा अदिप्सा बैद्यले ३६.५१ सेकेन्ड समयका साथ स्वर्ण जितिन्। यस्तै सियर सुभाङ्गी बजगाईले रजत र निसर्गकी बैनभी श्रेष्ठले कास्य पाइन्।

पुरुषको १०० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजल काजी ताम्राकारले ५५.०५ सेकेन्ड समयका साथ दुरी पुरा गर्दै स्वर्ण जिते। इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कास्य पाए।

महिला १०० मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले १ मिनट १८.१२ सेकेन्ड समयका साथ स्वर्ण जित्दा निसर्ग बाटिकाका राभ्या श्रेष्ठ र सारसी खड्काले क्रमस रजत र कास्य पाए।

महिला १०० मिटर ब्रेष्ट स्ट्रोकमा अदिप्सा बैद्यले १ मिनट २०.१४ सेकेन्ड समयका साथ स्वर्ण पाईन्। निसर्ग बाटिकाका बैनभी श्रेष्ठ र राभ्या श्रेष्ठले रजत र कास्य पाए।

पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा अनुभव सुब्बाले २९.५८ सेकेन्ड समयका साथ स्वर्ण जिते। निसर्गका जाडेन श्रेष्ठ र युभन लाल श्रेष्ठले रजत र कास्य पाए।

५० मिटर फ्रिस्टायलको महिला तर्फको प्रतिस्पर्धामा टिसा महर्जनले २९.४५ सेकेन्ड समयका साथ स्वर्ण, रोशा न्यौपानले रजत र मेगन गुरुङ्गले कास्य पाए।

५१ पदकका लागि १४९ खेलाडीहरुले प्रतिस्पर्धा गरिरका छन्।

प्रकाशित: २०८० पुस ११ गते बुधबार ०८:१५
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना