पोखरा- कास्कीको पोखरा महानगरपालिका ५ प्रस्याङमा सोमबार मध्यरातमा कारले ठक्कर दिँदा मृत्यु भएका १ युवकको अझै पहिचान हुन सकेको छैन। अन्दाजी ३०/३५ वर्षका ती युवाको सनाखत हुन नसकेपछि शवलाई अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बागलुङ बसपार्कबाट जिरो किमितर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले ठक्कर दिँदा भएको सो घटनामा अर्का युवक पोखरा ३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्यालको पनि ज्यान गएको थियो।
घटनापछि फरार रहेका चालक कास्कीको माछापुच्छ्रे गाउँपालिकाका भक्तराम गुरुङलाई नियन्त्रणमा लिई सवारी ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।


