काठमाडौँ चिसोबाट बच्ने आवश्यक उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। देशभरिको तापक्रम चिसो रहेको र घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको हो।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राति कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


