काठमाडौँ- नेपाल सुपर लिग अन्तर्गत दोस्रो क्वालिफायर खेलमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी फुटबल क्लब फाइनल प्रवेश गरेको छ।
दशरथ रंगशालामा अतिरिक्त समयसम्म लम्बिएको खेलमा २-१ को रोमान्चक जित दर्ता गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको हो।
पहिलो हाफमै १० खेलाडीमा सिमित ललितपुरले खेलको ९० मिनेट भन्दा बढी समय कम खेलाडीमा खेले पनि जित दर्ता गर्यो।
खेलको ३३औं मिनेटमा निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा सिमित भएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले ललितपुरलाई अग्रता दिलाए।
दोस्रो हाफमा पापा अनोरले पोखराका लागि बराबरी गोल फर्काए। अतिरिक्त समयको पहिलो हाफमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई अघि बढाएका थिए।
जितसँगै ललितपुरले अब उपाधि भिडन्तका लागि धनगढीसँग खेल तय गरेको छ। फाइनल शनिबार हुनेछ।
लिग तालिकामा शीर्ष स्थान हासिल गरेको पोखरा पहिलो क्वालिफायरमा धनगढीविरुद्ध टाईब्रेकरमा पराजित हुँदै दोस्रो क्वालीफायर खेल्न बाध्य भएको थियो।
ललितपुरले इलिमिनेटरमा काठमाडौँलाई ३-० ले पराजित गरेको थियो।



े




े








