काठमाडौँ- हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भूभागका एक/दुई स्थानमा हल्का देखि मध्यम हुस्स लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराइमा हुस्सुका कारण तापक्रम घट्ने भएकाले चिसोबाट बच्नका लागि आवश्यक सावधानी अपनाउन समेत महाशाखाले सबैमा अनुरोध गरेको छ।
नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ।’
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


