काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निहुँ खोजेको बताएका छन्। ४८औं मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्लै ओलीले हुलमा गाडी लिएर गएर मन्त्रीले निहुँ खोजेको बताएका हुन्।
ओलीले मन्त्रीले गाडी लिएर हुलमा गएपछि निहुँ खोजेपछि भीड थप उत्तेजित भएको बताए। ‘मन्त्री त्यहाँ हुलमा गाडि लिएर किन जानुपर्यो? हुलमा गएर, निहुँ खोजेर, उत्तेजित बनाएर गोली चलाएर मान्छे मारेको छ,’ उनले भने, ‘बन्दुकको कुन्दाले हानेर मान्छे ठाउँका ठाउँको घुत्रुक्कै मारेको छ। यो सहज कुरो हो।’
अर्को प्रसंगमा ओलीले राजा हुँदा राष्ट्रियता बलियो नहुने बताए। उनले सिक्किमको उदाहरण दिँदै राजा हुँदैमा राष्ट्रियता बलियो नहुने बताएका हुन्। राजासहितको स्वतन्त्र देश थियो सिक्कि। राजा त थिए त त्यहाँ। राजा हुँदा देश बच्दोरहेछ? जनताले हो कि राजाले देश बचाउने?,’ ओलीको प्रश्न थियो। उनले भारतमा कुनै बेला लगभग ५६५ रजौटाहरू, राजाहरू भएको र राजाले बचाउने भए यतिबेला पनि ५६५ रजौटा, राजाहरू कायम हुनुपर्ने बताए।


