२०८३ कार्तिक १४ गते शुक्रबार

काठमाडौँमा राष्ट्रपति रनिङ शिल्ड सुरु, ३ हजार २५० खेलाडीबीच प्रतिस्पर्धा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १७
kathmandu

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ८३ वटा विद्यालयबीच विभिन्न खेलमा प्रतिस्पर्धा हुने तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ। आज दशरथ रङ्गशालामा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले खेलकुद सामाजिक र सांस्कृतिक गतिविधिसँग जोडिएकोले शिक्षाको अभिन्न अङ्ग रहेको उल्लेख गरे। ‘गरिखाने शिक्षा अहिलेको आवश्यकता हो। यसबाट व्यक्तिमा सहयोगी भावना जागृत हुन्छ। महानगरपालिकाले यसप्रकारको शिक्षामा जोड दिएको मैले महसुस गरेको छु,’ राष्ट्रपति पौडेलको भनाइ थियो।

कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, बालबालिकाको सवल मानसिक अवस्था र उत्साहित भावनात्मक विकासमा खेलले सकारात्मक भूमिका खेल्ने बताP। ‘यी खेलहरु विगत बर्षमा विद्यालय परिसरमा आयोजना सीमित थिए। यस बर्ष वृहत बनाएर राष्ट्रिय खेल मैदानमा ल्याएका छौँ। यी खेलबाट अहिले नै राष्ट्रिय खेलाडी उत्पादन हुनुपर्छ भन्ने होइन। खेलबाट प्राप्त हुने उर्जाले जीवनलाई व्यवस्थापन गर्न ठूलो सहयोग पुर्‍याउँछ। यसका लागि पनि शिक्षा र खेललाई समान महत्व दिएर अगाडि बढाएका छौँ,’ प्रमुख शाहको भनाइ थियो। अर्को वर्ष अझ भव्य रूपमा कार्यक्रम गरिने उनको भनाइ छ।

खेलमा ३ हजार २५० जना छात्रछात्रा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। जसमा भलिवल खेलमा ८ सय जना, कबड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना खेलाडी प्रतिस्पर्धा गर्नेछन्।

आजैबाट रंगशालाको कभर्ड हलमा उसु, कराँते र भलिवल खेल सुरु भइसकेका छन्। खेलहरु १९ गतेसम्म चल्नेछन्।

भोलि विहान ७ बजेदेखि १२ बजेसम्म रंगशालामा एथलेटिक्स हुने शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो। छात्रछात्रा कबड्डी र छात्रा भलिवल खेल कन्या मन्दिर माध्यमिक विद्यालय, न्योखा, क्षेत्रपाटीमा हुनेछ। पुरुष भलिवल खेल कन्या विद्याश्रम मावि डिल्लीबजारमा हुनेछ। तेक्वान्डो खेल नेपाल तेक्वान्दो प्रशिक्षणालय, सातदोवाटोमा हुनेछ।

प्रकाशित: २०८० पुस १७ गते मङ्गलबार ०६:४४
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना