काठमाडौँ- रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार डिसेम्बरमा २ जना र नोभेम्बर देखि सम्पर्क विहीन भएका १ जनाको मृत्यु भएको जनाएको छ।
स्रोतका अनुसार स्याङ्जाका हरि अर्याल नोभेम्बरदेखि नै सम्पर्क विहीन छन् भने कैलालीका भरत बहादुर शाह र धादिङका राजकुमार गिरीको भने डिसेम्बर ३ तारिखमा मृत्यु भएको हो।
स्याङ्जाका अर्याल नेपाली सेनामा कार्यरत थिए। काम गर्दा गर्दै राजीनामा दिएर रुसी सेनामा भर्ना हुन गएका हुन् भने भरत शाह पूर्व प्रहरी हुन्। उनले १० वर्ष प्रहरी सेवामा काम गरेर वैदेशिक रोजगारीका लागि दुबई हुँदै रुस पुगेको परराष्ट्र स्रोतको भनाइ छ।
प्रकाशित: २०८० पुस १८ गते बुधबार ०६:३७