काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताबीच भैरहवामा भेटवार्ता भएको छ।
पूर्वराजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेता मंगलबार भैरहवा पुगेका थिए।
बुधबार भएको भेटमा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवल शमशेर राणा र सांसद दीपक सिंह सहभागी थिए।
‘हामी सबैले धेरै देख्यौ/बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन्’, भैरहवामा भएको सामूहिक भेटका क्रममा भएको शाहको भनाइ उधृत गर्दै नेता मिश्रले भनेका छन्।
भेटमा सहभागी नेताले पूर्वराजा शाहसँग आफूहरुले लञ्च मिटिङ गरेको र यो नियमित भएको जनाएका छन्।


