२०८३ कार्तिक १२ गते बुधबार

मुलुकको विकासका लागि लगानीमैत्री वातावरण चाहिन्छ : सांसद भण्डारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १९
damodar

काठमाडौँ- नेकपा (एमाले) का युवा नेता एवं प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले विकास र समृद्धिका लागि देशभित्र बलियो लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताएका छन्।

सांसद भण्डारीले नेपालको आर्थिक एवं औद्योगिकसमेतका क्षेत्रमा विकास नहुनुमा देशभित्र उपयुक्त लगानीमैत्री वातावरण बनाउन पर्याप्त काम हुन नसक्नु मुख्य कारण रहेको बताए।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत बनेका सांसद भण्डारीले भने, ‘देशभित्र लगानीमैत्री वातावरण निर्माण गर्नेतर्फ कानुनी र प्रक्रियागत झन्झटसमेतका अनेक बाधा व्यवधान रहेका छन्। त्यसमा आमूल सुधार नगरी स्वदेशी वा विदेशी जुनसुकै लगानी आकर्षित गर्न सकिँदैन। देशभित्र स्वच्छ र सहज औद्योगिक वातावरण नबन्दासम्म उद्योगधन्दा, कलकारखाना खोल्न सकिँदैन।’

उद्योगधन्दा फस्टाउन र लगानी आकर्षित गर्नका लागि नेपालका पुराना कानुनहरु मुख्यरुपमा बाधक रहेको उनको ठम्याइ छ। ‘एउटा उद्योग खोल्न लाग्यो भने फाइल वन मन्त्रालय, वनसँग सम्बन्धित विभाग र कार्यालयहरुमा अड्किन्छ, अख्तियारमा अड्किन्छ, अलिअलि सुरु गर्‍यो फेरि सर्वोच्च अदालतले रोकेको हुन्छ’, उनले भने, ‘यसले गर्दा लगानीकर्तालाई सुरक्षित वातावरण हुन सकेको छैन। ढुक्क भएर लगानी गर्ने स्थिति छैन। नेपालमा जुडीबुटी, कृषिमा आधारित उद्योग सञ्चालन गर्ने प्रचुर सम्भावना छ, यसको ब्रान्डिङ गर्न सकिएको छैन, यसको प्रचार गर्न सकिएको छैन।’

यद्यपि तत्कालीन ओली सरकारको नेतृत्वमा उद्योग मन्त्रालय सम्हाल्ने जिम्मेवारी सांसद भण्डारीलाई २ महिनामात्र प्राप्त भएको थियो। त्यसअघि उनी ६ महिना अर्थराज्यमन्त्री भएर पनि काम गरेका छन्। ‘नेपालले चीन र भारतसँग प्रतिस्पर्धा गरेर उद्योगधन्दा सञ्चालन गर्न सक्दैन। यही बुझेर सातै प्रदेशमा उद्योग सञ्चालन गर्ने ओली नेतृत्वको सरकारले नीति अगाडि सारेको थियो’, पूर्वमन्त्री भण्डारीले भने, ‘एउटा प्रदेशमा कम्तीमा एउटा नयाँ उद्योग सञ्चालन गर्ने नीति थियो, तत्कालीन सरकारले अघि सारेको योजनालाई वर्तमान सरकारले अघि बढाएन, सम्भावना भएका उद्योग पनि सञ्चालनमा आउन सकेका छैनन्।’

वर्तमान सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेको बताएको छ। यो स्वागतयोग्य कदम हो, तर नेपालमा लगानी ल्याउने वातावरण बनाउन मौजुदा ३० वटा कानुन संशोधन गर्न जरुरी रहेको उनको भनाइ छ। सांसद भण्डारीले भने, ‘विडम्बना के छ भने अहिले संसद् र सांसद बेरोजगार भएर बसेका छन् । कानुन बनाउनुपर्ने ठाउँमा विधेयक छैन, सदनलाई बिजनेस छैन।’

उनले थने, ‘देशमा अहिले कैयौँ कानुनहरु या त नयाँ बनाउनुपर्ने वा संशोधन गर्नुपर्ने अवस्था छ। कानुन अभावले काम अगाडि बढाउन पाइएन भनेर जताततैबाट गुनासो आइरहेको सुनिन्छ। यो भनाइ प्रतिपक्षी सांसदको मात्र होइन, सत्तापक्षकै सांसदको गुनासो पनि यही छ।’ देश बनाउने जनशक्ति दिनहुँ विदेशतिर गइरहेको देख्दा सांसद भण्डारीलाई नराम्रो लाग्छ। ‘दैनिकजसो युवाशक्ति विदेश पलायन हुँदैछ। यो प्रवृत्तिले देशको विकास सम्भव हुँदैन’, उनले भने, ‘आम नागरिकमा निरासा बढ्दै गएको छ, यो विषयमा सरकारले गम्भीर भएर सोच्न जरुरी छ। अहिलेसम्म ठूलो सङ्घर्ष गरेर ल्याएको परिर्वतनको अनुभूति गराउन पनि सरकारले ध्यान दिन जरुरी छ।’

प्रतिनिधिसभामा विजयी भएर आएपछि सांसदको हैसियतमा कानुन बनाउने जिम्मेवारी मुख्य भए पनि एक वर्षमा एउटा मात्र कानुन बनायौँभन्दा अप्ठ्यारो लाग्छ सांसद भण्डारीलाई। ‘राष्ट्रिय मुद्दाहरुमा व्यवस्थापिकामा छलफल, बहस हुन्छ नै। तर सँगै संसद्को एउटा मुख्य जिम्मेवारी कानुन बनाउने पनि हो। तर यो अवसर सांसदले पाएनन्। एक वर्षमा एउटा मात्र कानुन पारित भयो भन्दा लज्जित हुनुपर्ने अवस्था हुँदो रहेछ’, उनले भने, ‘शिक्षा, सङ्घीय निजामती ऐनलगायतका कानुन बनाउनुपर्ने थियो, हिउँदे अधिवेशन सुरु हुनुपर्ने हो, सरकारले सदनलाई विजनेस दिन नसकेर त्यतिकै छ।’

सङ्घीयता कार्यान्वयनका सन्दर्भमा धेरै कानुन बनाउने बाँकी छ। मौलिक हक कार्यान्वयन गराउन तीन तहको संरचना छ तर कार्यान्वयन हुन सकेको छैन। ‘स्थानीय तहले प्रदेशको मुख ताक्ने, प्रदेशले सङ्घको मुख ताक्ने गरिएको छ जुन स्वाभाविक पनि छ’, नेता भण्डारीले आफ्नो अनुभव सुनाउँदै भने, ‘सङ्घीयताको मर्मबमोजिम तीन तहका सरकारको अनुभूति हुन सकेको छैन। सङ्घले अहिले पनि हरेक कुराको जिम्मेवारी लिएको छ। आधारभूत तहको शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिनुपर्ने हो। सुशासन कायम हुन सकेको छैन, जनतालाई गणतन्त्र आएको अनुभूति हुन सकेको छैन।’

‘कानुनको अभाव झेलिरहेका स्थानीय तह र प्रदेश सरकारले अहिले आफूखुसी काम गरिरहेका छन्। जनताले खानेपानी, बिजुली, भत्किएको विद्यालय मर्मत गर्नुपर्ने आशा जनप्रतिनिधिसँग गरेका हुन्छन्, त्यो सामान्य कुरा हो’, उनले थने, ‘सरकार जनताप्रति उत्तरदायी भयो भने काम गर्न सहज हुन्छ।’

सांसद भण्डारीलाई विकास बजेट सरकारले आवश्यकताको आधारमा वितरण हुनुपर्छ भन्ने लाग्छ। ‘बजेट विनियोजन गर्दा आवश्यकताको आधारमा गर्नुपर्ने हो तर अहिले त सत्तामा रहेका मन्त्रीहरुको जिल्लामा धेरै बजेट परेको छ, कतिपय जिल्लामा विकास बजेट नै छैन’, उनले भने, ‘पहुँच, बलियो र सत्ता भएको मन्त्री र सांसदको जिल्लामा मात्र विकास निर्माणका लागि बजेट विनियोजन हुन्छ, अरु सांसद र प्रतिपक्ष त्यतिकै हुन्छ, जुन प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ।’

विकास निर्माणका कार्यमा सरकारले गरिरहेको काम सन्तोषजनक मान्ने अवस्था नभएको सांसद भण्डारीलाई लाग्छ। ‘बैतडीमा मेरा मतदाता विकासको पर्खाइमा छन्, कहिले विकासको लहर जिल्लामा आउला भन्ने प्रतिक्षा गरिरहेका छन्,’ उनले मतदाताको दुःख सुनाउँदै भने, ‘बजेट विबनियोजन नहुँदा विद्युत् छैन, तर छिमेकी जिल्ला डडेल्धुरामा सधैँ धेरै बजेट जान्छ, गरिब जनताको अवस्था हेरेर बजेट दिने गरिएको छैन।’

निर्वाचन क्षेत्र पूर्वाधार कोष पहुँच नभएका सांसदका लागि उपयोगी भएको उनलाई लाग्छ। ‘सामान्य सांसदलाई जाने बजेट त्यही हो, अरु त पहुँचको भरमा जाने गरेको छ’, सांसद भण्डारीले थपे, ‘कोषको पैसाले भए पनि आफ्नो निर्वाचन क्षेत्रमा विकास त गर्न सकिन्छ। बैतडी जिल्लामा हेर्ने हो भने विद्यालय, कलेज, बाटो, खानेपानी, बिजुली थुप्रै जनताका लागि आधारभूत आवश्यकता पूरा गर्न सकिएको छैन। जनताको त्यति ठूलो माग र चाहना पनि छैन, अतिआवश्यक कुरा मात्रै मागेका छन्, त्यो पनि पूरा हुन सकेको छैन।’

संविधानले मौलिक हकमा व्यवस्था गरेका कुराहरु पनि आमनागरिकले उपभोग गर्न नपाउँदा उनलाई निकै दुःख लाग्ने गरेको छ। राज्य सञ्चालन गर्ने व्यक्ति दूरदर्शी, निमुखा जनतालाई माया गर्ने खालको हुनुपर्ने उनको सोचाइ रहेको छ। २०३० कात्तिक २० बैतडी जिल्ला पाटन नगरपालिका ६ मा जन्मिएका एमाले नेता भण्डारीले स्नातकसम्म अध्ययन गरेका छन्। उनी बैतडीबाट २०७०, २०७४ र २०७९ मा लगातार तीन पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले नेकपा (एमाले) को तीन पटक नै बैतडी जल्ला प्रमुख भएर काम गरे। २०७८ देखि सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष भएर सक्रियरुपमा काम गरिरहेका छन्।

प्रकाशित: २०८० पुस १९ गते बिहिबार ०९:५५
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना