काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर क्यानले क्यालेन्डर सार्वजनिक गरेको हो।
क्यालेन्डरमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितालाई समावेश छन्।
क्यालेण्डरअनुसार माघको अन्तिम साता नेपालले क्यानडासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने छ। ३ खेलको सिरिज नेपालमै हुने क्यालेन्डरमा उल्लेख छ।
क्यानडासँगको एक दिवसीय क्रिकेट लगत्तै नामिबिया र नेदरल्यान्ड सम्मिलित त्रिदेशीय टी-२० शृंखला नेपालले नै आयोजना गर्ने छ।
मंसिरमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट आयोजना गर्ने भन्दै त्यसलाई पनि क्यालेन्डरमा समावेश गरिएको छ।




