काठमाडौँ- नेकपा एमालेले ६ जना केन्द्रीय सदस्य थपेको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।
महासचिव शंकर पोखरेलका अनुसार बैठकले कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, वागमती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी, मधेस प्रदेशका रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।
मनोनितमध्ये ५ जना यसअघि प्रदेश अध्यक्ष थिए भने कार्की भने झापा जिल्लाका पूर्वअध्यक्ष हुन्।


