काठमाडौं- ब्राजिलका फुटबल लिजेन्ड मारियो जागालोको निधन भएको छ। खेलाडी र प्रशिक्षकका रूपमा ब्राजिललाई चार पटक विश्वकप जिताएका जगालोको शनिवार निधन भएको हो। ९२ वर्षका जगालो सन् १९५८ मा ब्रालिले पहिलो पटक विश्वकप जित्दा प्रमुख खेलाडी थिए।
लेफ्ट विंग्सबाट खेल्ने जगालोको ब्राजिलले त्यसका चार वर्षपछि फेरि विश्वकप जितेको थियो। सन् १९७० मा उनको प्रशिक्षणमा ब्राजिल विश्वकप जित्न सफल भएको थियो। यसक्रममा उनी खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने पहिलो व्यक्ति थिए। सन् १९९४ मा ब्राजिलले विश्वकप जित्दा उनी कार्लोस अल्बर्टो परेराका सहायक थिए।


