काठमाडौँ- नेकपा एमालेले मधेश प्रदेशका लागि उम्मेदवार बनाएका व्यक्तिको नाम मतदाता नामावलीमा नपरेको पाइएको छ।
राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका अर्जुन सिंह राजपुतको नाम मतदाता नामावलीमा नभेटिएपछि उनी दर्ता नगराइकनै फर्किएका छन्।
मधेश प्रदेशमा अन्य समूहबाट उनलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको थियो। सोही अनुसार उनी उम्मेदवारी दिन पुगेका थिए।
मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ।


