काठमाडौँ- आफ्नै छोराको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन्।
इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। माई नगरपालिका–६, बिहीबारेका दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरेका थिए।
घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते जीवनलाई तत्काल उपचारका लागि झापा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए।


