काठमाडौं- २७ वर्ष पहिला फिल्म ‘जित’मा स्क्रिन शेयर गरेका सलमान खान र सनी देओल फिल्म ‘सफर’मा एकसाथ देखिँदैछन्। ‘गदर २’को सफलतापछि सनी देओल ‘सफर’मा व्यस्त छन्। सलमान यो फिल्ममा केमियो भूमिकामा देखिनेछन्।
सलमानले ‘सफर’को केमियो भूमकाको सुटिङ यो साता गर्ने बताइएको छ। ‘सलमानले यो साता सफरको सुटिङ गर्नेछन्। सलमान र सनीले यो शुक्रबार र शनिवार बांद्रा स्थित मेहबूब स्टुडियोमा एक साथ सुटिङ गर्नेछन्। फिल्ममा सलमानले आफ्नै भूमिका निभाउनेछन्,’ वलिउड हंगामाले लेखेको छ।
इकोलोन प्रोडक्सनले निर्माण गरेको फिल्म यही वर्ष रिलिज हुनेछ। ‘सफर’ पछि सनी आमिर खानको फिल्म ‘लाहोर १९४७’मा जोडिनेछन्। यो फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गर्नेछन्। सलमान भने विष्णु वर्धनले निर्देशन गर्ने फिल्म ‘द बुल’मा जोडिनेछन्। यो फिल्मलाई धर्मा प्रोडक्सनले बनाउन लागेको हो। यस्तै सलमानसँग सुरज बडजात्याको फिल्म पनि छ। यस्तै सलमान ‘टाइगर भर्सेर पठान’मा शाहरुखसँगै देखिनेछन्।


