दमौली (तनहुँ)- तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते दुई जनाको मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी छ।
ग १ ज ६३५६ नंको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। जिपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो।
थप उपचारका लागि तीन जनालाई पोखरा पठाइएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


