काठमाडौं- विभिन्न व्यक्तिलाई बेपत्ता बनाएको र अनुनायीहरुलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनले आफूले अपराध नगरेको बताएका छन्। मंगलबार राति बुढानिकण्ठ स्थित निवासबाट पक्राउ परेका उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सँग आफूले कुनै पनि अपराध नगरेको बताएका हुन्।
प्रारम्भिक बयानमा उनी माथि लागेका सबै आरोप अस्वीकार गरेको सीआईबीले जनाएको हो। आफूलाई फसाउनका लागि विभिन्न अपराधको आरोप आफू माथि लगाइएको उनको दाबी थियो। उनले आफू यतिन्जेल ध्यानमा रहेको र नभागेको वयान दिएका छन्।


