काठमाडौं- बलात्कार, हत्या आरोपमा पक्राउ परेका रामबहादुर बम्जलनलाई लिन भन्दै पूर्व भूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो पुगेकी छन्।
बम्जन आफ्नो भगवान भएको र उनलाई लिन आएको लामाले बताइन्। उनले सीआईबीलाई बम्जन आफ्नो भगवान रहेकाले हत्कडी नलगाई आफूलाई जिम्मा लगाउन आग्रह गरिन्। बम्जनलाई आफैंले सर्लाही लैजाने उनको भनाइ थियो। प्रहरीले बम्जनलाई सर्लाही लैजाने तयारी गरेको छ।


