कर्णाली- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगितामा उपाधिका लागि आज एपिएफ क्लब र नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुने भएको छ।
सेमी फाइनलमा एपिएफले गण्डकी प्रदेशलाई तथा पुलिस क्बलले आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्।
सेमिफाइनलमा पुलिसले आर्मीलाई ३–० सेटले तथा एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३–० सेटले नै पराजित गरेको हो। आर्मी र गण्डकी बिच तेस्रो स्थानका लागि बिहीबार नै खेल हुनेछ।
यही पुस २० गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश समेत सहभागी भएका थिए।


