धनगढी- नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्नका लागि रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। टीकापुरमा जारी महाधिवेशनमा उनले उम्मेदवारी दिएका हुन्।
उन्मुक्तिले दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी उनकी पत्नी हुन्।
९ जनाको ज्यान जानेगरी भएको एउटा घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रञ्जिताले आफ्नै अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बनाएकी थिइन्।
रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन्। राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम पार्टी राजनीतिमा सक्रिय छन्।
उपाध्यक्षमा १० जना र महासचिवमा गंगाराम चौधरीसहित ५ जनाको उम्मेदवारी परेको छ।


