काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने भएको छ।
शुक्रबार सकिएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो।
प्रवक्ता मनिष सुमनका अनुसार माघ ३ गते मधेश दिवस र ५ गते बलिदान दिवस मनाउने निर्णयसमेत कार्यकारिणीले गरेको छ।


