२०८३ कार्तिक २२ गते शनिवार

प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २
ss

गलकोट (बागलुङ)- केही वर्षअघिसम्म घरमै सुत्केरी हुने बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्छन्। गर्भवतीको बढी चाप हुने बागलुङ जिल्लाका स्वास्थ्य चौकीमा प्रसूति प्रतिक्षालयको व्यवस्था मिलाइएपछि यहाँका गर्भवतीको खर्च र समय दुवैको बचत भएको छ।

स्थानीय पालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको साझेदारीमा बागलुङ जिल्लाका २२ बर्थिङ सेन्टर रहेका स्वास्थ्य संस्थामा प्रसूति प्रतिक्षाको व्यवस्था मिलाइएको छ। सुत्केरी हुनुअगावै स्वास्थ्य संस्थामा कुरुवासहित पकाएर खाने र बस्ने व्यवस्था मिलइएको ठाउँलाई प्रसूति प्रतिक्षालय भनिदै आइएको छ।

जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेका २२ वर्षीया यामुना नेपालीले दुई महिना पहिला शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्यचौकी पुगिन्। जैमिनी नगरपालिका–४ सकुवा स्वास्थ्यचौकीमै सुत्केरी हुनलाई यामुनालाई प्रेरित गरेको थियो प्रसूति प्रतिक्षा घरले। सुत्केरी हुने समय आएपछि गर्भवती एक–दुई दिन पहिले नै स्वास्थ्यचौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत बच्न सफल भएका छन्।

“बेथा लागेर हिँड्दा समस्या नआउला भन्न सकिँदैन, अहिले त स्वास्थ्य स्वयंसेविकाले घरमै गएर सुत्केरी हुने मितिको विषयमा जानकारी गराएर स्वास्थ्य संस्था बोलाउनुहुन्छ, दुई दिनअगावै सकुवा स्वास्थचौकीमा आएर कुरुवासहित बसेँ, स्वास्थ्यमा सुधार आएपछि मात्रै घर फर्केँ”, यामुनाले भनिन्, “स्वास्थ्यकर्मीको निगरानीमा नवजात शिशुको उचित स्याहार भयो, हामीजस्ता व्यक्ति होटलमा बसेर सुत्केरी हुन समस्या हुन्थ्यो, अहिले त पकाउने खाद्यान्न लिएर स्वास्थ्यचौकी आए हुँदोरहेछ, पकाउने भाँडाकुँडा, ग्यास चुलो र कुरुवा सुत्ने बेडसहितको सेवा स्वास्थ्य संस्थामै हुँदा खुसी लाग्यो।”

यामुना मात्र होइन, अधिकांश गर्भवतीलाई सुत्केरीको भन्दा खाने बस्ने र कुरुवाको समस्याले सताउने गरेको पाइन्छ। पछिल्लो समय बागलुङमा पकाएर खाने र बस्ने सुविधासहितको प्रसूति प्रतिक्षाघरले गर्भवतीलाई सहजमात्रै बनाएको छैन, खर्च र समय दुवैको बचत गराएको छ। प्रसूति प्रतिक्षा घर नहुँदा यहाँका गर्भवती सुत्केरी हुनकै लागि कुश्मिसेरा तथा बागलुङ बजार पुग्दै आएका थिए।

बागलुङ जिल्लामै सबैभन्दा बढी सुत्केरी हुने स्वास्थ्य संस्थाका रूपमा परिचय कमाएको निसीखोला गाउँपालिका–३ स्थित बोहोरागाउँ स्वास्थ्य संस्थामा निसीखोला गाउँपालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको सहयोगमा प्रसूति प्रतिक्षा घर नै निर्माण गरिएको छ।

भान्साघर र सुत्ने ठाउँसहितको प्रसूति प्रतिक्षाघरले गर्भवतीलाई खर्च र जोखिम दुवै कम गराएको स्वास्थ्यचौकी प्रमुख कसिन्द्र शाहीले जानकारी दिए। बोहोरागाउँ स्वास्थ्यचौकीमा गत वर्षमात्रै एक सय ४० गर्भवती सुरक्षित सुत्केरी भएको शाहीले बताए।

चालु वर्षमा मात्रै ५४ जना गर्भवती सुरक्षित सुत्केरी भइसकेका छन्। विसं २०७७ अघि सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने गर्भवती होटलमा कुरुवासहित बस्नुपर्ने बाध्यता प्रसूति प्रतिक्षाघर निर्माणपछि हटेको शाहीको भनाइ छ।

विसं २०७७ मा निसीखोला गाउँपालिकाको ३ लाख र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको २ लाख ५० हजार गरी ५ लाख ५० हजार लागतमा सुविधासम्पन्न प्रसूति प्रतिक्षाघर निर्माण गरिएको थियो। “दुई गर्भवती र दुई कुरुवालाई पकाएर खाने तयारी भान्साघरसहितको सुत्ने कोठा निर्माण भएको छ, पकाउने खाद्य सामग्री घरबाटै लिएर आउन सकियो, स्वास्थ्य संस्थामै बस्दा गर्भवती र सुत्केरी अवस्थामा आउन सक्ने आकस्मिक जोखिम घट्ने र स्वास्थ्यकर्मीको निगरानीमा बस्न पाउँदा सहज हुनेभयो”, शाहीले भने।

ग्रामीण स्वास्थ्य सुधार परियोजना विवाइसी बागलुङ र स्थानीय पालिकाको साझेदारीमा २२ बर्थिङ सेन्टरमा बस्ने र पकाएर खाने सुविधासहितको प्रसूति प्रतिक्षाघर निर्माण गरिएको परियोजना विज्ञ गणेश बरुवालले जानकारी दिए। बरुवालका अनुसार सरकारको प्रसूति प्रतिक्षाघर बनाउने नीति र कार्यक्रममा परियोजना साझेदार बनेको बताउँदै गर्भवती र सुत्केरीलाई समय, खर्च बचतसँगै जोखिमसमेत घटेको पाइएको छ।

बोहोरागाउँमा नयाँ प्रसूति प्रतिक्षाघर निर्माण गरिएको छ भने केही स्थानमा भवन मर्मतसम्भार गरेर प्रसूति प्रतिक्षाघर बनाइएको छ। धेरै स्थानमा स्वास्थ्य संस्थाभित्रै प्रतिक्षाघर बनाइएको छ। जिल्लामा ६८ वटा बर्थिङ सेन्टर भए पनि आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय सरकारले प्रसूति प्रतिक्षाघर बनाउँदै आएका छन्।

सबै बर्थिङ सेन्टरमा प्रसूति प्रतिक्षाघर आवश्यकता भए पनि तत्काललाई कम्तीमा एउटा पालिकामा चारदेखि पाँच स्थानमा प्रतिक्षाघर बनाउन आवश्यकता देखिएको छ। पालिकाभित्रका अतिविपन्न समुदायलाई प्रसूति प्रतिक्षाघरले ठूलो राहत मिलेको निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले बताइन्।

प्रकाशित: २०८० माघ २ गते मङ्गलबार ०८:१०
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना