काठमाडौँ- फेसबुक पेजबाट अरु व्यक्तिको विवरण सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
कानुनले तस्बिरलगायतका विवरण सार्वजनिक गर्न नहुने उल्लेख गरेपनि पीडित व्यक्तिलाई थप पीडा हुने गरी व्यक्तिगत विवरण गरेको आरोपमा ती व्यक्ति पक्राउ परेका हुन्।
यसरी अरुको व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोपमा पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीय पुरुष छन्।
प्रहरीको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालका अनुसार राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थपसमेत भएको छ।
यसअघि आफ्नो विवरण सार्वजनिक गरिदिएको भन्दै एक युवतीले ब्युरोमा उजुरी दिएकी थिइन्। त्यसरी उजुरी दिने र पक्राउ पर्ने व्यक्तिको पहिचान प्रहरीले गोप्य राखेको छ।
व्यक्तिगत पहिचान खुलाइदिएको भन्दै ६ पेजविरुद्ध उजुरी, ५ वर्ष कैद सजाय माग


