काठमाडौं- न्यूजिल्यान्डका ब्याट्सम्यान स्नेहित रेड्डीले नेपाल विरुद्ध अर्धशतक बनाएका छन्। आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत उनले नेपालविरुद्ध अर्धशतक प्रहार गरेका हुन्। उनले नेपाल विरुद्ध ६० बलमा अर्धशतक पूरा गरेका हुन्।
टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले २४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३८ रन बनाएको छ। न्युजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।
स्पिनर सुवास भण्डारीले ११ औं ओभरमा ओपनर ल्यूक वाटसनलाई बोल्ड आउट गरेका थिए। नेपालका लागि दोस्रो विकेट तिलक भण्डारीले लिएका थिए। तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरेका थिए। १५ औं ओभरमा दीपेश कँडेलले ओलिभर टेवाटियालाई क्याच आउट गराएका थिए।


