२०८३ कार्तिक १३ गते बिहिबार

निक्षेपको ब्याजदर १० प्रतिशतले घट्यो, आगामी वर्षबाट कर्जाको ब्याजदर सस्तो हुने

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २९
bank

काठमाडौं- बाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले घटाएका छन्। हाल ११ प्रतिशत रहेको साधारण मुद्दती निक्षेपको ब्याजदर १.०१ घटाएर एकल विन्दु ९.९ प्रतिशत कायम गरिएको छ। यसैगरी संस्थागत मुद्दतीको निक्षेप ब्याजदर पनि घटाएर ७.९९ प्रतिशत कायम गरिएको छ।

राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकहरुले एक पटकमा १० प्रतिशतले मात्रै ब्याजदरमा घटवढ गर्न पाउँछन्। नेपाल बैंकर्स संघले बुधबार विहान ब्याजदर घटाउने निर्णय गरेको हो। वैशाख १ गतेबाट बैंक तथा वित्तीय संस्थाहरु नयाँ ब्याजदरमा निक्षेप संकलन गर्नेछन्।

उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउन माग गर्दै आएका थिए। राष्ट्र बैंकले मंगलबार विदेशी मुद्रा संञ्चितिमाथिको दबाब कम हुँदै गएकाले बैंकिङ प्रणालीमा तरलता सहजस्थितिमा पुगेको बताएको थियो। ब्याजदर महँगो भएकाले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम करिब २ खर्बको हाराहारी भएपनि कर्जा विस्तार भने हुन सकेको थियो। चालु आर्थिक वर्ष राष्ट्र बैंकले १२.६ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखेपनि ब्याजदर उच्च हुँदा हालसम्म करिब ५ प्रतिशतको हाराहारीमा मात्रै कर्जा विस्तार भएको छ।

राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चितिमाथि दबाब रहेको भन्दै कर्जा प्रवाहमा कडाइ गर्ने नीति लिएको थियो। त्यसका लागि कर्जाको ब्याजदर बढाउने, नगद मार्जिन कायम गर्ने र विभिन्न कर्जाको जोखिमभार बढाउने नीति अवलम्वन गरेको थियो। वैदेशिक मुद्राको सञ्चितिमाथिको दबाब कम भएपछि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउन थालेका छन् भने आयातमाथि सरकारले लगाएको प्रतिबन्ध र नगद मार्जिन पुर्णरुपमा हटेको छ।

चैत १ गतेदेखि १ प्रतिशत विन्दुले बैंक तथा वित्तीय संस्थाले कर्जाको प्रिमियम दर घटाएका छन्। वैशाखबाट घटाइएको निक्षेपको ब्याजदरको असर आगामी आर्थिकबाट मात्रै सुरु हुनेछ। बैंक तथा वित्तीय संस्थाहरुको आधारदर ३/३ महिनामा गणना हुनेहुँदा आगामी आर्थिक वर्षबाट मात्रै कर्जाको ब्याजदर घट्ने देखिन्छ।

हाल बाणिज्य बैंकहरुले कर्जामा १३ देखि १४ प्रतिशत हाराहारीमा ब्याजदर लिने गरेका छन्।  हाल केही सस्तोदरमा निक्षेप संकलन गर्दा बैंक तथा वित्तीय संस्थाको ‘कष्ट अफ फण्ड’ घट्न गई यसले आधार दर समेत घटाउँछ। आधार दर घट्दा कर्जाको ब्याजदर समेत सस्तो हुन्छ।

राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर बीचको औसत अन्तर(स्पेड रेट) ४.४ प्रतिशतबाट चैतमा ४.२ प्रतिशत  कायम गर्नुपर्ने र आगामी असार मसान्तसम्म असारमा ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाले गर्दा बैंकहरु ब्याजदर घटाउनुपर्ने मनोबैज्ञानिक दबाबमा छन्।

प्रकाशित: २०७९ चैत २९ गते बुधबार १२:२६
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना