काठमाडौँ- आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत समूह चरणको खेलमा नेपालले आफ्नो अन्तिम खेल अफगानिस्तानसँग खेल्दै छ। नेपाली समय अनुसार दिउसो १ः४५ बजे खेल सुरु हुने छ।
यस अघि भएका दुईवटा खेलमा हार बेहोरेको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ। नेपाल पराजित भएको खण्डमा सुपर सिक्स यात्रा समाप्त हुन्छ र नेपालले १३ औं देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने समीकरण छ ।
सुपर सिक्सका लागि आजको खेल जित्न पर्ने दबाबमा अफगानिस्तान पनि छ।
नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरीसकेको छ।
यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ। अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो।


