२०८३ कार्तिक १५ गते शनिवार

चालू सिजनको अन्त्यपछि क्लोपले लिभरपुल छाड्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १२
jurgen_klop

काठमाडौं- लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले क्लब छाड्ने भएका हुन्। उनले चालू सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका हुन्। यसको पुष्टि लिभरपुलले नै गरेको छ।   सन् २०२४/२५ को सिजनमा क्लोप एनफिल्डमा देखिने छैनन्।

५६ वर्षिय जर्मन प्रशिक्षकले सन् २०१५ देखि लिभरपुल सम्हालिरहेका छन्। लिभरपुलका लागि उनले एक प्रिमियर लिग, एक च्याम्पियन्स लिग, एक एफए कप, एक लिग कप, एक कम्युनिटी शिल्ड,  एक यूइएफए सुपर कप र एकपटक क्लब विश्वकपको उपाधि जितेका छन्।

उनको नेतृत्वमा लिभरपुलले हालसम्म ४६६ खेल खेलेको छ। जसमध्ये लिभरपुलले २८३ खेल जितेको छ भने १०५ खेलमा बराबरी र ७८ खेलमा नतिजा व्यहोरेको छ।

क्लोपले नोभेम्बरमै क्लबलाई आफू बाहिरिन इच्छुक रहेको जानकारी गराएको बताएका छन्। ‘मैले नोभेम्बरमै क्लबलाई सिजनको अन्त्यमा क्लब छोड्न लागेको जानकारी गराएको थिएँ। मेरो उर्जा कम हुँदै गएको छ। यो सत्य हो। मलाई लिभरपुल र यससँग जोडिएका सबै कुरा निकै मन पर्छ। तर म सँधै क्लबको नेतृत्व गरिरहन सक्दिनँ,’ उनले भनेका छन्।

क्लोपसँगै सहायक प्रशिक्षक पेपिजन लिजेन्डर्स, पीटर क्रावित्ज र डेभलपमेन्ट प्रशिक्षक भिटोर माटोसले पनि सिजनको अन्त्यमा क्लब छाड्ने भएका छन्। लिजेन्डर्स मुख्य प्रशिक्षककारुपमा करियरको बनाउन इच्छुक रहेको बताइएको छ।

प्रकाशित: २०८० माघ १२ गते शुक्रबार ०४:३२
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना