काठमाडौँ- आइसीसी यू–१९ विश्वकपमा नेपाली टिमका कप्तान देव खनालले अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
देवले ८९ बलमा ७ चौकासहित ५८ रन बनाएर आउट भए। देवलाई अफगानिस्तानका एएम गाजान्फरले ३६.३ ओभरमा आउट गरे। देवको विश्वकपमा यो नै पहिलो अर्धशतक हो।
जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३७.६ ओभरमा ७ विकेट गुमाउँदै १३१ रन बनाएको छ। खेल जारी छ।
तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो बलमा अर्जुन कुमाललाई १० रनमा बोल्ड आउट गरे। खलिल अहमदको बलमा गुल्शन झा १२ बलमा १ रन बनाउँदै बोल्ड हुन पुगे ।
नवौं ओभरको पहिलो बलमा खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो।


