२०८३ कार्तिक १२ गते बुधबार

कांग्रेसको भागमा ९ मन्त्रालय, शेखर समूहलाई ३ मन्त्री र एक राज्यमन्त्री

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत ३०
deuba shekhar
फाइल तस्बिर।

काठमाडौँ- सत्तासाझेदार दल नेपाली कांग्रेसले ९ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। यसअघि सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको थियो। तर, कांग्रेसभित्र आन्तरिक किचलो बढ्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन। चैत १७ गते भएको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले ४ जनालाई मन्त्री बनाएको थियो।

सभापति शेरबहादुर देउवाले आफू पक्षका ४ जनालाई मन्त्री बनाउँदा नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले मन्त्रीको नाम दिएको थिएन। शेखर–गगन समूहले तीन मन्त्रालय मागेको थियो। तर, थप एक मन्त्रालय आफूले लिएर संस्थापन इतर समूहलाई मिलाउने प्रयास देउवाले गरेका हुन्।

चैत १७ गते जनमत पार्टीबाट खानेपानीमन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका थिए। खानले राजीनामा दिएपछि थप एक मन्त्रालय खाली बनेको थियो। त्यो मन्त्रालयले कांग्रेसले लिने भएको छ।

देउवाले शेखर–गगन समूहलाई ३ मन्त्री र एक राज्यमन्त्री छान्न आग्रह गरेका छन्। बिहीबार बिहान बालुवाटारस्थित नेता कोइरालाको सचिवालयमा संस्थापनइतर समूहको बैठक बसेको थियो। बैठकले तीन जना मन्त्री र एकजना राज्यमन्त्री छानेर देउवालाई बुझाउने निर्णय गरेको छ।

अब देउवा पक्षबाट अझै २ मन्त्री बन्नेछन्। स्रोतका अनुसार देउवाले एनपी साउद र मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउने तयारी गरेका छन्।
संस्थापनइतर समूहबाट उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, सांसद डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य लगायतका सांसद् मन्त्रीका लागि आकांक्षी छन्।

यसअघि कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकासमन्त्री बनेका थिए।

प्रकाशित: २०७९ चैत ३० गते बिहिबार १२:१४
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना