काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठले अडियो सार्वजनिक गर्नेका विरुद्ध अदालत गइसकेको बताएका छन्। बुधबार पार्टी कार्यालयमा पत्रकारहरुसँग बोल्दै उनले आफू सार्वजनिक भएको अडियोविरुद्ध हिजो नै न्यायालय गइसकेको बताए ।
‘म हिजो मात्रै न्यायालय गइसकेको छु । मेरा शुभचिन्तहरू, तपाईंहरू निश्चिन्त हुनुहोला, म न्यायालयमा आफ्ना कुरा राखेर क्लिन चिट ल्याएर यसरी नै प्रेस मिट गर्नेछु,’ उनले भने ।
उनले आफूलाई फसाइएको दाबी गरेका छन्। ‘मलाई फसाइएको हो । अदालतबाट क्लिन चिट लिएर आउँछु।तीनै क्षेत्रका उमेदवारलाई भोट गर्नुहोला,’ उनले भने। आफूलाई फसाइएको दावी गरेका श्रेष्ठले विरोधाभास पूर्ण कुरा गरेका छन्। उनले जनवरीमा भएको कुराकानी अहिले ल्याएर रास्वपाविरुद्ध षड्यन्त्र भएको बताए।
आइतबार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि साढे दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो।


