२०८३ कार्तिक १२ गते बुधबार

जबज : नेपाल छोड्न नसक्ने, खनाल राख्न नखोज्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १५
madhav_jhal

काठमाडौँ- पार्टीको मार्गनिर्देशक सिद्धान्तका विषयमा नेकपा (एकीकृत समाजवादी)मा विवाद चुलिएको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सिद्धान्तका विषयमा विवाद भएको हो।

अध्यक्ष नेपाल नेकपा एमालेजस्तै नेकपा एसले पनि पार्टीको मार्गनिर्देशक सिद्धान्तका रूपमा जनताको बहुदलीय जनवाद (जबज)लाई छाड्न नहुनेमा दृढ छन्।

तर सम्मानित नेता खनाल भने एमालेले जबज मान्ने भएकाले एमालेजस्तै हुन नसकिने धारणामा दृढ देखिन्छन्।

केन्द्रीय परिषद्को बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले जबजले पार्टीलाई नयाँ उचाइमा पुर्‍याएको बताएका थिए। जबजलाई छाडे पार्टीको इतिहास समाप्त हुने उनको भनाइ थियो।

‘समाजवादी क्रान्तिमा जाँदा जबजलाई त्याग्न सकिँदैन। त्याग्नुको मतलब एकदलीय तानाशाहीमा जानु हो। हामीले साम्राज्यवादको आक्रामक चरित्र देख्दैछौं,’ उनले थपेका थिए, ‘कम्युनिस्ट विरोधी अभियान चलिरहेको छ। त्यसैले हाम्रो आन्दोलनमा ल्याइएको विचारलाई त्याग्न सकिँदैन।’

जबज माने बहुलवादी चरित्र भएको दल बन्ने तर जबज छोडे तानाशाही व्यवस्था मान्ने कम्युनिस्टको चरित्र बन्ने भएकाले पनि जबज त्याग्न नसकिने उनको भनाइ थियो।

‘बहुदलीय प्रतिस्पर्धाको मान्यता छाडेर एकदलीय तानाशाही व्यवस्थामा जान सकिँदैन। त्यसैले बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौँ,’ उनले थपेका थिए, ‘जबजका विचारक मदन भण्डारी हुनुहुन्थ्यो। जबजको कुनै काम छैन, त्यो मिल्क्याइदिऔं भन्ने मान्यता आत्मघाती मान्यता हो।’

उता सम्मानित नेता झलनाथ खनालले भने जबज नै मान्ने हो भने नेकपा एमालेमा जानु उपयुक्त हुने बताए। सिद्धान्तमा कुनै पनि फरकपना नभए फरक पार्टी चलाएर बस्न नपर्ने उनको भनाइ थियो।

पार्टीको केन्द्रीय परिषद् बैठक समापन समारोहलाई सम्बोधन गर्दै खनालले पार्टीको महाधिवेशनले नीतिमा प्रष्टता नल्याउने हो भने नेकपा एस समाप्त हुने चेतावनी पनि दिए।

‘क्रान्तिको बाटोमा छ्यांग हुने गरी नीति तय गर्नुपर्छ। कहिले जबज भन्ने, कहिले समाजवादी कार्यदिशा पनि भन्ने। हामी कता जाने? जबज भन्ने हो भने ठूलो जबजमा किन नजाने? ठूलो जबजवाला त एमाले छ। हामीले भन्दा केपीले भनेको सुन्छन्। यसमा हामी प्रष्ट हुनुपर्छ,’ खनालको भनाइ थियो।

केन्द्रीय परिषद् बैठकले नेकपा एसमा उमेर हदसम्बन्धी व्यवस्था नराख्ने निर्णय लिएको छ। परिषद बैठकले सबै पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित विधानमा व्यवस्था गरेको छ।

‘सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनहरूबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने निर्णय भएको छ,’ पार्टीका उपाध्यक्ष डा. वेदुराम भुसालले भने।

उनका अनुसार केन्द्रीय कमिटी १९९ सदस्यीय हुनेछ भने पदाधिकारी १९ जना रहनेछन्। प्रदेश कमिटी ७५ देखि ९९ सदस्यीय हुने र पदाधिकारीको सङ्ख्या ७ हुने विधानमा व्यवस्था गरिने भएको छ।

प्रदेश पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र तीन उपसचिव हुने व्यवस्था गरेको सो पार्टीले जिल्ला कमिटी ५५ सदस्यीय बनाउने भएको छ। तर एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा ३ महिला थपिने छन्।

जिल्ला कमिटीमा ७ पदाधिकारी हुनेछन्। पालिका कमिटी ४५ सदस्यीय बनाउने निर्णय बैठकले गरेको छ। तर ५ भन्दा बढी वडा भएका पालिकामा प्रत्येक वडाबाट २ जना थप्ने निर्णय पारित भएको छ।

प्रकाशित: २०८० माघ १५ गते सोमबार ०७:२६
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना