काठमाडौँ- सरकारी कार्यालयहरू आजबाट साँझ ५ बजेसम्म नै खुल्ने भएका छन्।
सरकारले यसअघि कात्तिक १६ गतेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन गर्ने समय तय गरेको थियो।
चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ।
माघ १६ पछि भने कार्यालय समय १० देखि ५ बजेसम्म नै हुने गरेको छ।


