काठमाडौं- सरकारले नेपाल वायु सेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको सञ्चालक समिति सदस्य रहेका राईलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा उपाध्यक्षमा नियुक्त दिने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
सरकारले निजी क्षेत्रसमेतको प्रतिनिधित्व हुने गरी उद्योगमन्त्री रमेश रिजालको अध्यक्षतामा राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरेको छ।


