काठमाडौं- आईसीसी यु१९ विश्वकपमा सुपर सिक्सअन्तर्गत आफ्नो अन्तिम खेलको प्लेइङ ११ नेपालका तीन खेलाडी परिवर्तन गरिएको छ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा भारतविरुद्ध साविक ओपनर विपिन रावल, आकाश त्रिपाठी र फिनिसर दीपक बोहोरालाई राखिएको छैन।
आज उत्तम थापामगर, दीपक डुम्रे र दीपक बोहोरालाई मौका दिइएको छ। यसअघिका खेलमा खराब प्रदर्शन गर्दै आएका सिनियर टोलीबाट समेत खेलिसकेका गुल्सन झालाई भने प्लेइङ ११ मै राखिएको छ। खेल शुरु भइसकेको छ।
भारत यु १९ ले टस जितेर ब्याटिङ गरिरहेको छ। नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ। नेपाल अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छ।


