काठमाडौं- आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतले नेपाल विरुद्ध दोस्रो विकेट गुमाएको छ। नेपालले प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको हो । नेपालका दीपक डुम्रेले उत्कृष्ट फिल्डिङ गर्दै चौका रोकेर आकाश चन्दलाई बल थ्रो गरेका थिए। उक्तक्रममा उनी रनमा आउट भए।
टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १३.२ ओभरमा २ विकेट गुमाउँदै ६१ रन बनाएको छ । नेपाललाई पहिलो सफलता गुलशन झाले दिलाएका थिए। उनले भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराएका थिए।


