काठमाडौँ- विदेशी सुरक्षा निकायमा काम गरेका नेपाली नागरिकलाई पनि सम्बन्धित देशकै नागरिक सरह सुविधाका लागि पहल गर्न माग गर्दै भूतपूर्व गोर्खा सैनिकले प्रदर्शन गरेका छन्।
सिंगापुर गोर्खा विभागको आयोजनामा भूपू गोर्खा सैनिकले प्रदर्शन गरेका हुन्।
उनीहरुले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गराउन पनि माग गरेका छन्।
यसका लागि नेपाल सरकारले कूटनीतिक कदम चाल्नुपर्ने उनीहरूको माग छ।
गोर्खाहरूको समस्याहरूको समाधानको लागि सरोकारवालाहरू सँग आवश्यक पहलकदम चाल्न भनी नेपाल सरकारलाई दबाब दिनका लागि ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष पदमसन्दर लिम्बूको नेतृत्वमा प्रदर्शन भएको थियो।
नेपाली नागरिकहरू भारतीय सेना, बेलायती सेना र सिंगापुर प्रहरीमा औपचारिक रूपमै कार्यरत छन्।


















