काठमाडौं- नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी पहिलो एक दिवसीय क्रिकेटमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाएको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए। आरिफ शेखले ३८ रन बनाउँदा सोमपाल कामीले २७ रन जोडे। क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिएका थिए।


