२०८३ कार्तिक २२ गते शनिवार

रामजानकी मन्दिरका भौतिक संरचना जीर्ण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २६
l

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित रामजानकी मन्दिरका भौतिक संरचना मर्मतसम्भारको अभावमा जीर्ण बन्दै जान थालेका छन्। स्थानीय बासिन्दाले तीन दशकअघि चन्दा सङ्कलन गरी सो मन्दिर निर्माण गरेका थिए।

मन्दिरको जीर्णाद्धार गर्नका लागि आर्थिक अभाव भएको रामजानकी धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष लालबहादुर ऐरले बताए। ‘मन्दिरको गुम्बजमा लगाइएको प्लास्टर खस्न थालेको छ,’ उनले भने, ‘प्लास्टर खसेर सरिया देखिन थालेका छन्, समितिसँग मर्मत–सम्भार गर्नका लागि आवश्यक रकम छैन।’ उनका अनुसार स्थानीय समाजसेवीको पहलमा मन्दिर परिसरमा निर्माण गरिएको एक सय आठ शिवलिङ्ग रहेको चक्रव्यूह मर्मत–सम्भारका पर्खाइमा रहेको छ। मन्दिरको जीर्णोद्धार गरिदिनका लागि नगरपालिका सहितका दातृ निकायलाई आग्रह गरिएको उनले बताए। मन्दिरलगायत अन्य धार्मिक आस्थाका भौतिक संरचना मर्मत–सम्भार नगरिए दुर्घटना निम्तिन सकिने उनको भनाइ छ।

नगरप्रमुख रणबहादुर महराले चालु आर्थिक वर्षको बजेटमा रामजानकी मन्दिरका लागि ३ लाख बजेट विनियोजन गरिएको जानकारी दिए। मन्दिर व्यवस्थापन समितिले निर्णय गरी मन्दिर जीर्णोद्धार वा कुन क्षेत्रमा बजेट खर्च गर्ने भन्नेबारे निर्णय गरी भौतिक संरचना मरमत गरिने बताए। ‘बजेटको व्यवस्था गरिदिएका छौँ,’ उनले भने, ‘समितिका पदाधिकारीले निर्णय गरी उपयुक्त क्षेत्रमा बजेटको सदुपयोग गर्नुपर्छ।’

समितिका अध्यक्ष ऐरका अनुसार मन्दिरको संरक्षणमा रहेको जग्गा समेत अतिक्रमणको चपेटामा परेको छ। अतिक्रमणकारीहरुले सालको सुकेको रूख घेरेर टिनको अस्थायी पर्खाल निर्माण गरेका छन्। तीन वर्षअघि देखि जग्गा अतिक्रमण गरी पक्की घरहरु निर्माण गरिएका छन।

शुक्लाफाँटा–११ वडाअध्यक्ष शेर बहादुर साउदले तत्काल अतिक्रमण हटाउनका लागि अतिक्रमण गर्नेहरुलाई मन्दिर समितिका पदाधिकारीको रोहवरमै कार्यकक्षमै बोलाएर भनिसकिएको जानकारी दिए। अतिक्रमण तत्काल हटाउने सहमति गरे पनि अतिक्रमण अहिलेसम्म हटाइएको भने छैन। मन्दिरमा मङ्सिरदेखि असार महिनासम्म विवाह, व्रतबन्ध गर्नेहरुको घुइँचो लाग्ने गर्दछ। दिनमा दुईदेखि तीनवटासम्म विवाह, व्रतबन्ध गर्ने व्यक्तिहरुको समूह मन्दिरमा पुग्ने गर्दछन्।

समितिले विवाह, ब्रतबन्ध गर्नेहरुलाई आवश्यक भाँडाकुँडा, खानेपानी, शौचालय, विवाहमण्डपलगायत व्यवस्था मिलाउने गर्दछ। व्यवस्था मिलाए बापत समितिलाई विवाह, व्रतबन्ध गर्नेहरुले २ हजार ५२५ शुल्क बुझाउनुपर्ने नियम बनाइएको छ। शुल्कबापत उठेको रकम मन्दिर परिसरको सरसफाइ, पुजारीलाई दक्षिणा दिनमै ठिक्क हुने गरेको अध्यक्ष ऐरको भनाइ छ। गत आवमा नगरपालिकाको ७ लाख बजेटमा निर्माण सुरु गरिएको तीनकोठे भवनको छत ढलान गरिएको छ। छत ढलानपछि भवनमा झ्याल ढोका, पर्खाल, प्लास्टर, फर्स ढलानलगायत कार्य आवश्यक बजेट अभाव हुँदा निर्माणको कार्य अगाडि बढ्न नसकेको अध्यक्ष ऐरले बताए। मन्दिर एक बिघा १७ कट्ठा क्षेत्रफलमा फैलिएको छ। मन्दिर स्थानीय समाजसेवीको पहलमा २०५२ सालमा स्थापना गरिएको हो।

प्रकाशित: २०८० माघ २६ गते शुक्रबार ०७:२०
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना