काठमाडौँ- नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यतिबेला देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।
महाशाखाले शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनुका साथै देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहने जनाएको छ।
त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको अवस्थामा रहने छ भने कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज तराई मधेशका जिल्लामा हुस्सु र कुहिरो तथा देशका उच्च भूभागमा हिमपातको सम्भावना देखिए पनि वर्षाको सम्भावना भने कतै देखिएको छैन।


