कीर्तिपुर- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले क्यानडाको पहिलो विकेट गिराएको छ।
टस जितेर ब्याटिङ रोजेको क्यानडाले १८.२ ओभरमा पहिलो विकेट गुमाएको हो।
नेपालले निकै संघर्ष गरेपछि मात्र क्यानडाको विकेट लिएको हो।
पहिलो विकेट गुमाउँदा क्यानडाले ९४ रन जोडेको थियो।
नेपालका बलर आकाश चन्दले ओपनर नवनीत डालिवाललाई क्याच आउट गराएका हुन्। चन्दको यो नै डेब्यु खेल हो।
नवनीतले ६० बलको खर्चमा ४६ रन जोडेर पेभेलियन फर्के।
यो समाचार तयार पार्दाको समयमा क्यानडाले १ विकेटको क्षतिमा २०.३ ओभर खेलेर १०२ रन जोडेको छ।


