२०८३ कार्तिक २२ गते शनिवार

बादीकाको भिरमा सडक ढलान भएपछि …

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २८
lsls

बेनी (म्याग्दी)- धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो। स्थानीयको चन्दा संकलन गरी डोजर प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्रयाक खोलिएको थियो। अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन्।

धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी आवतजावत गर्न प्रयोग हुने दरबाङ–धारापानी सडकखण्डको बादीकाको भिरमा सडक ढलान र नाली निर्माणसहित स्तरोन्नति भएपछि धारापानीवासीले नाचगान गरेर खुसीयाली मनाएका छन्। धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकखण्डअन्तर्गत दरवाङबाट धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएपछि शनिबार उद्घाटन गरिएको छ।

दरबाङबाट धारापानीसम्मको करिब सात किलोमिटर सडकलाई ग्राभेल, नाली निर्माण, ढलान र ग्रेड सुधार गरेर स्तरोन्नति गरिएपछि स्थानीयवासीले गाउँमा नाचगान गरेर खुसीयाली मनाएको स्थानीय रिमप्रकाश थापाले बताए। ‘बाँदर दगुर्ने भिरमा अहिले मोटर गुड्ने सडक बनेको छ, एक दशक बढी समयदेखि जीर्ण र जोखिमपूर्ण तवरले सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता अहिले हटेको छ’, उनले भने।

२०६७ मा जिल्ला विकास समितिको २० लाख र सांसद विकास कोषबाट ८ लाख ५० हजारसहित स्थानीयवासीको चन्दा सङ्कलनबाट १ करोड ९२ लाख रकम जुटाएर दरवाङबाट सिवाङसम्मको सडकको ट्रयाक निर्माण भएको थियो। समुदायको चन्दा र सहयोगबाट निर्माण भएको सडक सरकारी तवरबाट ढलान र ग्राभेलसहित स्तरोन्नति भएपछि स्थानीयवासी उत्साहित बनेका छन्।

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत कार्यान्वयन गरेको यस सडक आयोजनाअन्तर्गत १४ करोड ३८ लाख ६७ हजार एक सय ७६ मा धुलिखेल ब्राइट कुँवर जेभीसँग सडक स्तरोन्नति गर्न २०७६ चैत ४ गते वहुवर्षीय ठेक्का सम्झौता गरेको थियो।

सडकको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गरेका हुन्। उनले विकासको आधारभूत पूर्वाधार नै सडक भएकाले सडक स्तरीय भएसँगै धवलागिरि गाउँपालिकाका अधिकांश नागरिकले सहज र सुरक्षित यात्रा गर्न सुविधा पाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति हुँदा समग्र गाउँपालिकाको विकासमा नयाँ आयाम थपिएको बताउँदै थप कार्यान्वयन हुने योजनालाई समेत निर्धारित समयमै कार्यान्वयन गराउनुपर्नेमा जोड दिए।

बेनी–दरबाङ–धारापानी–मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजनाअन्तर्गत दरबाङ–धारापानी खण्डको सडक फराकिलो, साँघुरा घुम्तीलाई चौडा, ढलान, नाली निर्माण, ग्याबियन जाली लगाउने, कल्भर्ट निर्माण, कजवे निर्माण, टेवा पर्खाल गरी सात मिटर चौडाइमा सडक ग्राभेल गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर अर्जुन शर्माले जानकारी दिए।

निर्माण कम्पनीका प्रतिनिधि प्रधुम्न कुँवरले कोरोनाका कारण समयमा काम सम्पन्न गर्न समस्या भए पनि पुनः थपिएको म्यादभित्र सडक स्तरोन्नतिका काम सम्पन्न गरेको बताए। सडक स्तरोन्नति भएपछि साँघुरो, उकालो र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ।

प्रकाशित: २०८० माघ २८ गते आईतबार ०७:४७
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना