२०८३ कार्तिक १२ गते बुधबार

आत्मविश्वास गुमाएको आर्सनल

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ४
arsenal

काठमाडौं– आइतबार राति इंग्लिस प्रिमियर लिगको लिडर आर्सनल १५औं स्थानको वेस्टह्याविरुद्ध  बराबरीमा रोकियो। लन्डन स्टेडियममा भएको खेलको ३२औं मिनेटसम्म पुग्दा आर्सनल दुई गोलले अघि थियो। तर, ५४ औं मिनेटसम्म पुग्दा वेष्टह्यामले खेल बराबरीमा ल्याइपुर्‍यायो। २ गोलको अग्रतालाई कायम गर्न नसक्दा उपाधि यात्रालाई बलियो बनाउने आर्सनलको योजना सफल हुन सकेन। चालू सिजनभर राम्रो प्रदर्शन गरिरहेको आर्सनलले यसरी लगातार जित निकाल्न नसकेको यो दोस्रो पटक हो।

त्यसो त यो सिजन आर्सनललाई लिग जित्न गाह्रो छ, भन्नेहरु पनि छन्। विषेशगरी आर्सनलका आलोचकहरुले यस्तो विश्लेषण गर्नेगर्छन्। उनीहरुका लागि आर्सनलले पछिल्ला दुई गरेको प्रदर्शन मसला बनिदिएको छ। तर, आर्सनल भने लिग जित्ने कुरामा आशावादी देखिन्छ। उसका कप्तान मार्टिन ओडेगार्डको अभिव्यक्तिले त्यसकै संकेत गर्छ।

‘हामीले यो बिर्सनु हुँदैन, हामी अझैसम्म पनि लिगको शीर्षस्थानमा छौं। र, सबै कुरा हाम्रो हातमा छ,’ ओडेगार्ड भन्छन्। लन्डन स्टेडियमा रेफ्रीले सिठ्ठी फुकेको १० औं मिनेटसम्म आर्सनलका लागि खेल निकै सुन्दर देखिन्थ्यो।

७औं मिनेटमा ग्याब्रियल जेसुस र  १० औं मिनेटमा ओडेगार्डले गोल गरेका थिए। शिर्ष स्थानको टोलीले १५ औं स्थानको टोली विरुद्ध सुरुवाती १० मिनेटमै २ गोल गर्दा समर्थक र क्लब ३ अंक खातामा जोड्ने कुरामा विश्वस्त थिए। तर, ३ अंक जोड्ने आर्सनलको योजनामा शहरी प्रतिद्वन्दी वेष्टह्यामले पानी फेरिदियो। जसरी एक साता अघि एनफिल्डमा लिभरपुलले आर्सनलको योजना तुहाइदिएको थियो। लिभरपुल विरुद्ध पनि आर्सनलले २–० को अग्रता जोगाउन सकेको थिएन र बराबरीमा रोकिएको थियो। 

वेष्टह्याम विरुद्धको खेलमा बेन्राहामाको पेनाल्टी गोल, थोमस पार्टेको खराब प्रदर्शन र डिफेन्डर ग्याब्रियल गल्ती आर्सनलका लागि महँगो सावित भएको थियो।

तर आर्सनका प्रशिक्षक मिकेल आर्टेटाले भने खेलपछि आफ्नो टोलीले ३ अंक जित्नुपर्नेगरी खेलेको दाबी गरे। ‘धेरै निराशाजनक रह्यो,’ उनले भने, ‘जसरी हामीले सुरुआत गर्‍यौं, त्यो निकै शानदार थियो। त्यसपछि हामीले बनाइसकेको नियन्त्रण गुमाउन पुग्यौँ। हामीले उनीहरुलाई आशा जगाउन सहयोग गर्‍यौं। त्यसमाथि पेनाल्टी बेहोर्नु पर्यो। यसको क्रेडिट विपक्षी टिमलाई पनि दिनुपर्छ।’

आर्सनलले पछिल्ला दुवै खेल अवे मैदानमा खेलेको छ। र अवे खेलमा जित निस्कन सकिरहेको छैन। दुई बराबरीको नतिजा निकाल्दा उसले चार अंक गुमाएर दुई अंक मात्रै जोड्न सकेको छ। आर्सनलले लगातार अंक गुमाएपछि दोस्रो स्थानको म्यानचेस्टर सिटीले आठ अंकको दुरी  चार अंकमा झारेको छ। 

त्यसो त आर्सनल र  दोस्रो स्थानको म्यानचेस्टर सिटीबीच खेल हुनै बाँकी छ। त्यो खेलले पनि लिग कसको पोल्टामा पर्छ भन्ने विषयमा धेरै हदसम्म निर्धारण गर्नेछ। हरेक खेलमा उत्कृष्ट खेल्दै आएको सिटीका फरवार्डले गोलस्कोरिङ रेकर्ड ब्रेक गर्न थालिसकेका छन्। र, उनीहरु बेगमा ब्रेक लाग्ने पनि देखिँदैन।

सिटीले अहिले सबै प्रतियोगितामा गरेर लगातार १० खेलमा जित निकालिसकेको छ। यो सिजन सिटीले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेर ट्रेबल उपाधि जित्ने योजनामा छ। र, सिटीको ट्रेबल जित्ने योजनामा बाधक बन्न सक्ने एकमात्र टिम आर्सनल नै हो।

तर आर्सनल पछिल्ला खेलहरुमा  खराब लय देखिन्छ। जसका कारण उसको उपाधि यात्रा फिक्का बन्दै गएको छ। अझ सम्झनलायक कुरा त के छ भने आउँदो अप्रिल २६ तारिखको खेलमा सिटीले घरेलु मैदानमा आर्सनललाई आतिथ्यता प्रदान गर्नेछ।

यदी उक्त खेलमा सिटीले जित निकाले आर्सनल सिटीभन्दा पछि पर्ने सम्भावना पनि प्रवल छ। तर त्यो खेल भन्दा अघि आर्सनलले एक र सिटीले दुई खेल खेल्नेछ। सन् २००३–०४ यता पहिले उपाधि जित्ने लक्ष्यमा रहेको आर्सनलको आगामी रणनीति कस्तो हुनुपर्छ? फुटबल पण्डितहरु भने प्रशिक्षक आर्टेटाले बाँकी रहेका खेलमा खेलाडीको मनमा शंका उब्जने अवस्था आउन दिन नहुने बताउँछन्। ‘आर्टेटाको काम भनेकै खेलाडीले टिमका रुपमा कमजोर अनुभव गराउन नदिनु हुनेछ,’ इंग्ल्यान्डका पूर्व कप्तान माट उपसनले भनेका छन्।

तर पछिल्ला दुई खेलका नतिजा आर्टेटाको मूख्य चिन्ताको विषय बनेको छ। किनभने यसरी आर्सनलले लगातार दुई गोलको अग्रता गुमाएको जित निकाल्न नसकेको सिजनमै पहिलो पटक हो। र, शीर्षस्थानमा रहेर यसरी दुई खेलसम्म गुमाउने इतिहासमै पाँचौ क्लब मात्र हो।

यस्तै कारणले होला प्रशिक्षक आर्टेटाले खेलाडीलाई भनेका छन्, ‘मैदानमा ९० मिनेट पुरा ध्यान लगाएर खेल्नु।’ तर, लिगका पूर्व खेलाडी क्रिस सुटन र लिग विजेता ब्ल्याक बर्नको तर्क मान्ने हो भने आर्सनलको उपाधि यात्रा समाप्त भइसकेको छ। 

‘आर्सनलका समर्थकको लागि प्रश्न छ– के यो त्यही दिन हो जुन दिन आर्सनलको सपना सकिएको छ?,’ उनीहरुले भनेका छन्, ‘किनभने मलाई अचम्म लागेको छ। कसरी आर्टेटाले जित निकाल्न नसकेको खेलाई पनि राम्रो भन्न सके?’

हो, आर्सनलसँग ४ अंकको अग्रता छ। तर, आत्मविश्वास भने गुम्दै गएको छ। जुन आर्सनलका लागि टाउको दुखाईको विषय बनेको छ। सँगै पछिल्ला खेलहरुमा सिटी जुन बेगमा देखिएको छ, त्यसले आर्सनलको उपाधि यात्रामा धक्का दिने देखिन्छ। 

प्रकाशित: २०८० बैशाख ४ गते सोमबार ०१:३७
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना