काठमाडौं- आइसीसी क्रिकेट विश्वकप लिग-२ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकले पराजित भएको छ। विहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पराजय भोगेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नामिबियाले नेपालले दिएको लक्ष्य ३३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको हो।
नामिबियाका ओपनिङ ब्याटर निकोलास डेभिन १५ रनमा आउट भए। उनलाई ललितनारायण राजवंशीले १५ रनमा कुशल भुर्तेलबाट क्याच गराएका थिए। यस्तै दोस्रो विकेटको रुपमा ललितले ओपनर माइकल भानलाई २३ रनमा आउट गरेका थिए।
सोमपाल कामीले नामिबियाका कप्तान जेराल्ड इरासमसलाई ८ रन र जान फ्राइलिंकलाई ३४ रनमा आउट गरे। सोमपालले जान ग्रिनलाई २ रनमा क्याचआउट गराएका थिए। नामिबियाका जान निकोलले ३१ रन र जेजे स्मिथले नटआउट १७ रन जोडेपछि नेपालले पराजय भोगेको हो। बलिङमा नेपालका सोमपालले ३ विकेट लिए भने ललितले २ विकेट लिएका छन्।
नेपालले दोस्रो खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ।


