२०८३ कार्तिक २३ गते आईतबार

नागमती बाँध सार्न संरक्षणकर्मीकाे माग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ५
ad

काठमाडौँ- शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा निर्माणका लागि प्रस्तावित नागमती बाँध अन्यत्र सार्न संरक्षणकर्मीले माग गरेका छन्। संरक्षित क्षेत्रको अस्तित्व मेटिने गरी बनाउन प्रस्ताव गरिएको हाइड्याम मोडलको नागमती बाँध उपत्यकाको मानव जीवन संस्कृतिमाथि पनि खतराको सूचक रहेको भन्दै संरक्षणकर्मी र सरोकारवालाले बाँधप्रति विमति जनाएका हुन्।

वातावरण पत्रकार समूहले शुक्रबार आयोजना गरेको बृहत् छलफलमा सरकारलाई थोरै पानीको प्रलोभनमा पारेर लगानीकर्ता र परियोजनाले निर्माणको अनुमति लिएको भन्दै विज्ञहरूले आपत्ति व्यक्त गरेका हुन्। हरेक नेपालीको टाउकोमा थपिने गरी एसियाली विकास बैङ्कको ७० अर्ब रुपियाँ ऋण लगानीमा नागमती बाँध निर्माण आयोजनाले निर्माण गर्न लागेको छ।

प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले नागमती बाँध निर्माणको उद्देश्य नै अस्पष्ट रहेको टिप्पणी गरे। उाले भने, ‘पानीको बहाव बढाउनकै लागि त्यत्रो खर्चमा त्यति ठुलो बाँध निकुञ्ज क्षेत्रमा बनाउनु त्यति व्यावहारिक लागेन।’ उनले विद्युत् उत्पादनकै लागि पनि बाँध निर्माणको औचित्य नरहेको बताए। उनले विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायत कतिपय विश्वव्यापी लगानीकर्ताले एकातिर जलवायु परिवर्तन र संरक्षणको मुद्दा उठाइरहँदा नेपालमा संरक्षणविपरीतका परियोजना लाद्न खोजेको आरोप लगाए।

वातावरणविद् श्रवण शर्माले बाँध आफैँमा जोखिमपूर्ण रहेको भन्दै त्यसले प्राकृतिक सिमसार क्षेत्रको विनाश गर्ने तर्क गरे। उनले सम्भाव्यता अध्ययनकै आधारमा भन्दा पनि ठुलो भएकाले पानी नभरिन सक्ने, भूकम्पलगायत विपत्का कारण विस्फोट हुन सक्ने, जैविक विविधताको ठुलो विनाश गर्ने र विस्फोटपछि तल्लो तटीय क्षेत्र र स्थानीयको जीवनलीला समाप्त हुने खतरा रहेको प्रस्ट्याए।

संरक्षणविद् डा. उदयराज शर्माका अनुसार शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा बन्नै नसक्ने योभन्दा खराब परियोजना कुनै नरहेको दाबी गरे। उनले भने, ‘बाँध बनाउने हो भने निकुञ्ज त्यहाँबाटै हटाएर गरियोस् अन्यथा मान्य हुँदैन।’

शिवपुरी राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले बाँध निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कनमै संरक्षणलाई महत्व नदिएको बताए। उनले संरक्षित क्षेत्रमा त्यस्ता पूर्वाधार निर्माण हुँदैन र गर्नै परेमा संरक्षण क्षेत्रको नियमभित्र रहेर गर्नुपर्नेमा त्यसको बेवास्ता गरिएको गुनासो गरे। उनले भने, ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लिखित रूपमा दिएको सुझावलाई गम्भीरतापूर्वक लिइएकै छैन।’

बाँध निर्माण आयोजनाका इन्जिनियर निश्चल छत्कुली र केशव अधिकारीले बाँध बहुउद्देश्यीय परियोजना रहेको भन्दै बागमतीमा ४५० लिटर प्रतिसेकेन्ड पानी छाड्ने मात्र नभई एकीकृत अवधारणामा बनाइने र अभाव भएका बेला उपत्यकाको खानेपानीको आपूर्ति पूरा गर्न बाँधले सघाउने बताए।

प्रकाशित: २०८० फाल्गुण ५ गते शनिवार ०६:४१
प्रतिक्रिया

थप समाचार

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण औँसीका दिन घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजाका दिन घर, आँगन तथा पसलहरू...

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो। हिन्दू...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना