काठमाडौँ- नेपालले नेदरल्यान्डको दोस्रो विकेट चट्काएको छ। ईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले दोस्रो सफलता प्राप्त गरेको हो।
छैटौँ ओभरमा नेपालले दोस्रो विकेट लिन सफल भएको हो। म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका हुन् । नेदरल्यान्ड्सले २ विकेटको क्षतिमा २६ रन बनाएको छ। यसअघि तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए।


